भौतिक संरचना
           

भौतिक संरचना

यस विद्यालय भोटाहिटीदेखि कमलाक्षीसम्म झण्डै ३५० फिट लम्बाईमा अवस्थित छ । २०२१ सालको नापी नक्सा अनुसार यसको क्षत्रफल ९ रोपनी ३ आना १ पैसा २ दाम फैलिएको थियो ।

हाल ललितकला क्याम्पस भवन रहेको जग्गा र भवन समेत यसै विद्यालयको थियो जहाँ चित्रकला सिकाउने कक्षा सञ्चालन हुन्थ्यो । पूर्व, दक्षिण र उत्तर तर्फहालको सडकको आधाभन्दा परसम्म यसैका जमीन थियो । पटक पटक सडक विस्तार गरिदा यसले आफ्नो भूमी गुमाउदै जानुपर्यो । समरजंगको कार्यालय संगैको ढोका देखि ललितकला क्याम्पसको दक्षिण जस्ताको टहराभएको जग्गा पनि यसै विद्यालयको हो । हाल यस विद्यालयको क्षत्रफल लगभग ६ रोपनी छ । जसमा निम्न लिखित भवनहरु छन् र अगाडि पछाडि खेल्ने चौर रहेको छ ।

दरबार स्कूल सन् १९००

   

. झन्डै ३०० फिट लामो भवन

. कमलाक्षी छेउको व्यवसायिक भवन

. स्काउट वसेको भवन

. औद्योगिक शिक्षाको कार्यशाला भवन

. पालेघर

. चमेना -क्यान्टिन) टहरा घर

 

व्यवस्थापन समिति

‌‌‌‌.............२०३० साल भन्दा अगाडि विद्यालय सञ्चालनार्थ त्यस्तो कुनै इकाइको व्यवस्था गरिएको थिएन जसले विद्यालयको हितलाइ ध्यान दिनसकोस् ...........

 

 

       

 

विद्यालयको प्रारम्भिक काल

 ............ प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । ................

दरबार स्कूल भवन  

 
पुस्तकालय कक्ष  

बिज्ञान प्रयोगशाला

कम्प्युटर अभ्यास कक्षा

प्रधानअध्यापक कक्षा

शिक्षक साा कक्ष

कक्षा कोठा

सभा कोठा

   
             

 

Contact :

Durbar High School (Bhanu Ma. Vi.)

Ranipokhari, Kathmandu, Nepal

Hello : 977 4249890

email : info@durbarschool.edu.np

Developed/Hosted by

Global Electronic Media Service & ITechFix Inc. Canada

email :bharats@gems-tech.net