इतिहास
           

दरबार हाइ स्कूल

दरबार हास्कूल  : परिचय चिनारी

दरवार हाई स्कूल एकातिर राणशासन अर्न्तर्गत पनि शान्त र स्थिररुपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रुपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरुमा जसोतसो गरिएको छ ।

दरबार स्कूल सन् १९००

   
 

पहिलो नेपाली हेडमास्टर  

‌‌‌......... त्यस वखत दरबार स्कूलको उमेर ७२ वर्ष पुगेको थियो ।.........

.........दरबार स्कूलमा पुरस्कार वितरण गरी दरबार फर्केका प्रधानमन्त्री श्री ३ देवशमशेरलाइ नेपालमा विकास गर्न खोज्यो भनेर .........

 

व्यवस्थापन समिति

‌‌‌‌.............२०३० साल भन्दा अगाडि विद्यालय सञ्चालनार्थ त्यस्तो कुनै इकाइको व्यवस्था गरिएको थिएन जसले विद्यालयको हितलाइ ध्यान दिनसकोस् ...........

 

 

भौतिक संरचना

हाल ललितकला क्याम्पस भवन रहेको जग्गा र भवन समेत यसै विद्यालयको थियो जहाँ चित्रकला सिकाउने कक्षा सञ्चालन हुन्थ्यो । पूर्व, दक्षिण र उत्तर तर्फहालको सडकको आधाभन्दा परसम्म यसैका जमीन थियो ।

पूर्वकाल

हाम्रो देशको इतिहासका विभिन्न युगमा विक्रमशीला विद्यापीठका अध्यापक भएका रत्नकिर्ति, वैरोचन, कनकश्री, द्वारपाल पण्डितसम्म भएका वागीश्वरकिर्ति, देशविदेशबाट आएका विद्धान्हरुलाई सन्तुष्ट पार्ने धर्ममति, दुस्खोर्पा, धान चुपा, यहाँको स्तरीय बौद्धिक वातावरणबाट प्रभावित भई त्यहीँ बसोबास गर्ने सुनमश्री मिश्र आदि दिग्गज विद्धान्हरु यहाँ भएका थिए भनेर हामीहरुले अतीतका गौरवगाथा जति गाएपनि राणायुग प्रारम्भ भएको बेलासम्म अर्थात् सं. १९१० सालसम्म पनि देशमा नियमित अंग्रेजी शिक्षाको आलोक प्रदान गर्ने कुनै विद्यालय थिएन । सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तैपछिदेखि यूरोपेलीहरुसितको सर्म्पर्क दिनानुदिन बढ्दै थियो । यसको मतलब के थियो भने शासनसत्तामा रहेका पदाधिकारीहरुको निमित्त खुँडा, खुकुरी चलाउनमात्र सिपालु भएर नपुग्ने भैसकेको थियो । भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य हुँदै थियो ।

त्यस बेला शासकहरुकै अंग्रेजी शिक्षा शून्य प्रायः थियो । "रैती, दुनियाँदार" कहलिने जनसाधारणको त कुरै के हुन्थ्यो र । केटाकेटीहरुलाई नियमितरुपले अंग्रेजी पढाउने कुनै पाठशाला थिएन, उनीहरुलाई पढाउनुपर्दछ भन्नेसम्म चेतना अभिभावकहरुमा थिएन । गरिब, निम्नवर्गीय, तल्लो जातका केटाकेटीहरु त कमारा - कमारीको रुपमा बेचिन्थे, लोग्ने मरे स्वास्नीहरु सती जानुपर्दथ्यो । दुनियाँदारको लागि पढ्नु भनेको त कल्पनातीत विलासिता सम्झिन्थ्यो ।

विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो, धेरैजसो शासकवर्गमा । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा केही परिवर्तित भएको देखिन्थ्यो । त्यहाँबाट र्फकने वित्तिकै उनले "मिनिष्टर" पदवी लिए । सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाको गहिरो छाप उनमा परेको थियो । त्यहाँको प्रगती सवै शिक्षाको फल हो भन्ने उनमा लाग्यो ।

उपर्युक्त तथ्यहरुकै कारणले होला मिनिष्टर जङ्गबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए ।

स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका हुन् । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन उनले एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर राखे । केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए । यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो । वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए । बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो माथि

प्रारम्भिक काल

प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । केही समयपछि यो स्कूल थापाथलीबाट  चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबारमा सारियो । त्यहाँबाट पनि यो स्कूलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरवारक्यम्पभित्र सानु चोक बैठकमा सर्यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालू गरियो ।

सं. १९३३ सालमा रणोद्दीपसिंह श्री ३ महाराज भएपछि शासक राणाहरुकहाँ पहुँच पुगेका, उनीहरुको सेवामा रहेका जागीरदारहरुका छोराहरुले पनि यस स्कूलमा पढ्न पाए । यसरी यो स्कूल दरबारभित्र अवस्थित भएपनि केही हदसम्म र्सार्वजनिक भयो ।

सं १९४० सालताका यस स्कूलले फेरी थापाथलीदरबारको दाखचोकमा र्सर्नुपर्यो । सं. १९४२ सालमा जेठा बाबु रणोद्दीपसिंहको हत्या गरी श्री ३ महाराज बनेका वीरशमशेरले यस स्कूललाई जमल स्थित दरबारको ढोकानिरका टहरामा सारे । उनले यस स्कूलको लागि एउटा सुहाउँदो भवन बनाउन लगाए । रानीपोखरीको पश्चिमपट्टिको सडकछेउमा एउटा ठूलो, लामो भवन बन्यो । सं. १९४८ सालमा यस भवनको निर्माणकार्य सम्पन्न भएपछि यो स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो । त्यस बेलादेखि यो स्कूल आजसम्म यसै भवनमा अवस्थित रहिआएको छ । यो भवन राजधानीको असनबजार देखि बाहिर टुँडिखेल, रानीपोखरीको छेउ खुला, शोभायमान र महत्वपूर्ण थलोमा अवस्थित छ ।

प्रारम्भदेखि यस स्कूल सरकारी नै थियो । श्री ३ महाराज वीरशमशेरले यस स्कूलको सम्पपूर्ण खर्च गुठीको आयस्रोतबाट व्यहोर्ने व्यवस्था गरेका थिए । श्री ३ देवशमशेरले सं. १९५७ सालताका यस स्कूलमा र्सवसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था गरिदिए ।श्री ३ जुद्धशमशेरले यसको खर्च गुठीले व्यहोर्ने व्यवस्था खारेज गरी पूर्णतः सरकारले व्यहोर्ने गराए । यहाँनिर यो कुरा सम्झनु आवश्यक हुन्छ कि यस स्कूलले पूर्णतः निःशुल्क शिक्षा प्रदान गर्दथ्यो ।

 

नामाकरण

यस स्कूलको  प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबारभित्रकै तत्सम्बन्धी विद्यार्थीहरुमात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सक्बन्धर् इ. १८८० (सं. १९३६) सालताका कलकत्ता विश्वविद्यालयसित कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो ।

विश्वविद्यालयहरुबाट मान्यता

यस स्कूलमा कक्षा १० सम्मको पढाइ धेरै अगाडिदेखि चालू भइसकेको थियो तर यो स्कूल कुनै विश्वविद्यालयसित आवद्ध नभएकोले यहाँबाट प्रदान गरिएको प्रमाण-पत्रले बाहिर कतै मान्यता पाउन सकेन । तर्सथ श्री ३ रणोद्दीपसिंहको शासनकालमा धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा यस स्कूलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसित गाँसियो । यस कामप्रति तत्कालीन प्रधान-अध्यापक केदारनाथ चर्टर्जीको पनि उल्लेखनीय योगदान थियो । तदनुसार यस दरबार स्कूलबाट टेष्ट पास गरेका विद्यार्थीहरुले कलकत्तामा गएर त्यहाँका विश्वविद्यालयको "एन्ट्रान्स" परीक्षामा सम्मिलित हुन पाए । यसरी फाइनल परीक्षा दिन जाने विद्यार्थीहरुलाई सरकारको तर्फबाट चाँहिदो खर्च दिने व्यवस्था थियो ।

यसरी र्सवप्रथम इ. १८८० सालमा कलकत्तामा एन्टे्रस परीक्षा दिन जाने परीक्षार्थीहरुको टोलीमा धीरशमशेरका माहिला छोरा खड्ग शमशेर पनि थिए । उनी परीक्षामा उत्तिर्ण त हुन सकेनन् तरपनि पहिलो नेपालीटोलीमा  परेका राणापरिवारको विद्यार्थी भएकाले उनलाई तत्कालीन भाइसराय लार्ड रिपनबाट तक्मा पनि प्रदान गरिएको थियो । एन्ट्रेन्स परीक्षा पास गर्ने  प्रथम राणा विद्यार्थी थिए धीरशमशेरकै अर्का छोरा चन्द्रशमशेर । त्यस प्रारम्भिक कालमा उत्तीर्ण भएका अरु केही विद्यार्थीहरु श्रीनिवास गिरी, केदारनरसिंह राणा, बलवानसिंह प्रधान,अष्टमान राजभण्डारी आदि थिए । यसरी कलकत्ता विश्वबिद्यालयमा एन्टे्रन्स परीक्षा दिन जाने क्रम सं. १९७४ र्(. १९१७) सम्म चालू रह्यो ।

प्रत्येक वर्षबढ्दो संख्यामा परीक्षार्थीहरु जाँच दिन कलकत्तासम्म पुग्नु एकातिर झन्झट थियो भने अर्कोतिर सरकारी खर्चमा वृद्धि । त्यसैले नेपाल सरकारले एन्टे्रन्स परीक्षाको एउटा केन्द्र काठमाडौंमा नै खोल्न कलकत्ता विश्वविद्यालयसित माग गर्यो तर त्यसो गर्न कलकत्ताविश्वविद्यालय सहमत भएन । त्यसपछि नेपाल सरकारले पटना विश्वविद्यालयसित सम्बन्ध जोड्यो । त्यस विश्वविद्यालयले यथासमयमा काठमाडौंमा परीक्षाकेन्द्र खोल्न र यहाँ खोलिने भएको त्रिचन्द्र कलेजलाई आफ्नै एउटा एकाइको रुपमा समेत स्वीकृति प्रदान गर्यो । तदनुसार यसै  स्कूलबाट "सेन्ट-अप्" भएका विद्यार्थीहरु पटना विश्वविद्यालयको "म्याटि्रकुलेशन परीक्षा" मा सम्मिलित हुन पटना जाने निधो गरे । यो क्रमर् इ. १९१८ (सं. १९७५) देखिर् इ. १९२८ (संं १९८४) सम्म चल्यो । सं. १९८५ र्(.१९२९) सालमा म्याटि्रकुलेशन परीक्षा केन्द्र काठमाडौंमा खोलियो । पटना विश्वविद्यालयबाट आएका सुपरिन्टेन्डेन्टले यहाँ परिक्षा सञ्चालन गर्दथे । यो क्रमर् इ. १९२८ (सं. १९८९) सालसम्म चालू रह्यो र्।र् इ. १९२९ (संं १९८९) सालमा पटना विश्वविद्यालयको पहिलोपल्ट काठमाडौंमा खोलिएको परीक्षा केन्द्रमा म्याटि्रकुलेशन परीक्षामा सरिक भएको विद्यार्थीटोलीमा रामप्रसाद मानन्धर इ. १९३० को टोलीमा प्रेमनरसिंह प्रधानर इ. १९३१ को टोलीमा सुर्य प्रसाद उपाध्याय इ. १९३२ को टोलीमा डिल्लीरमण रेग्मी  इ. १९३३ को टोलीमा शेषराज दली आदि थिए ।

आखिर सं. १९९० सालदेखि नेपाल सरकार शिक्षा विभागअर्न्तर्गत नै एस. एल. सी.परीक्षाको व्यवस्था मिलाइयो तर यो परीक्षा काठमाण्डौमा आयोजना गरिएपनि यस परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारको लागि पटना विश्वविद्यालयले गर्दथ्यो । यस परीक्षाको संचालन समेत पटना विश्वविद्यालयबाट खटिआएका सुपरिन्टेन्डेन्टले गर्दथे । नेपाल सरकारको यस एस.एल.सी. परीक्षालाई पटना विश्वविद्यालयले मान्यता दिएको हुनाले यसलाई भारतभर भनेजसो मान्यता प्राप्त भयो । यसरी नेपाल सरकारको निमित्त पटना विश्वविद्यालयले एस.एल.सी. परीक्षा लिइदिने व्यवस्थाको अन्त्य सं. २००३ सालमा मात्र भयो । उपर्युक्त पहिलो एस. एल. सी. परीक्षामा सरिक भएर उत्तिर्ण भएका विद्यार्थीहरु थिए - पुष्पभक्त मल्ल र दिग्विजयराज जोशी आदि हुन्।माथि

मध्यकाल

धिरशमशेरको पालामा रानीपोखरीको उत्तरपटी आफ्नै दरबारभित्र सानो चोकमा दरबार स्कूल सञ्चालन गराएका थिए । त्यसपछि कक्षा २ थपगरी कक्षा १० सम्मको पर्ढाई पनि सञ्चालन हुन थालेपछि २ दशक विताएर मात्र दरबार हाई स्कूल भयो । वि. . १९४५ तिर दरबार स्कूल सेतो दरबारमा चल्दा विद्यार्थीहरुलाई लिन पुर्याउन घरघरमै पाले जान्थे र दिउँसो खाजा सरकारको तर्फाट मनग्य खुवाउने व्यवस्था थियो ।

प्रधानमन्त्री वीरशमशेरले आफ्नो शाशनकालमा २,३ वर्षलगाई १९४८ सालमा रानीपोखरीको पश्चिमपटि दरबार स्कूलको सुन्दर भवन वनाईदिए । सम्वत् १९९० सालको महाभूकम्पमा दरबार स्कूल भत्केपछि दुइ वर्षसम्म सो स्कूल त्रिचन्द्र कलेजमै सञ्चालन भएको थियो । भूकम्पले टायल विगारीदिएपछि मर्मत हुँदा स्कूलको टायलको छानाको वदला जस्तापाता (टिन)को छाना राखियो ।

यो स्कूल आफ्नै निजी भवनमा अवस्थित भएदेखि यसका विभिन्न पक्षहरुमा प्रगति हुँदै आएको छ । सं. १९५८ सालदेखि यसमा जनसाधारणका छोराहरुलाई पनि प्रवेश दिइएको चर्चा माथि नै भइसकेको छ । स्कूल आउन गार्हो मान्ने विद्यार्थीहरुका घरघरमा गएर पालेहरुले उनीहरुलाई मिर्ठाई आदि दिई फकाएर ल्याउँथे । कहिलेकाहीँ विद्यार्थीहरुले किताब, कापी, कलमहरु पनि पाउँथे । सरस्वती पूजाको लागि पनि तोकिएको खर्च सरकारबाट दिइन्थ्यो । गरिब विद्यार्थीहरुलाई पाठ्यपुस्तकको खर्च दिने र दिउँसो खाजा खुवाउने ब्यवस्था सं. १९९३ सालताकादेखि शुरु भई  सं. २०१७ सम्म रह्यो र सो व्यवस्था सं. २०१८ सालमा खारेज गरियो ।

जाँचमा पहिला दोस्रा हुने विद्यार्थीहरुले पुरस्कारको रुपमा किताब पाउने चलन त यस स्कूलमा झण्डै प्रारम्भिक कालदेखि नै आएको थियो । किताबको सट्टा पाँच दश रुपियाँको मासिक छात्रवृत्ति दिने व्यवस्था पनि बीचमा केही वर्षम्म गरिएको थियो । सं. १९८३ सालदेखि पहिला, दोस्रा, तेस्रा र चौथासम्म हुने विद्यार्थीहरुलाई किताबै पुरस्कार दिने प्रबन्ध गरियो । यसरी संं. १९४८ सालमा आयोजना गरिएको यस स्कूलको पुरस्कार वितरणोत्सवमा मोतीराम भट्टले दशौं कक्षामा प्रथम भएको पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै यस स्कूलको सं. १९५८ साल असार १३ गते आयोजना गरिएको पुरस्कार वितरणोत्सव पनि यहाँ उल्लेखनीय हुन्छ । त्यस समारोहमा प्रमुख-अतिथिको हैसियतमा पुरस्कार वितरण तत्कालीन श्री ३ देवशमशेरले गरेका थिए । यहाँको समारोह सिध्याई क्याम्पाबाट बाहिर निस्कने वित्तिकै उनलाई भाइहरुले "ठूलो भाउज्यू (स्व. श्री ३ महाराज वीरशमशेरकी महारानी ) अकस्मात् बिरामी भइन्, हेर्न जानुपर्यो" भनी उनलाई जमल, नारायणहिटी दरबार भित्र लगे । त्यहाँ उनलाई भाइहरु (चन्द्रशमशेर, भीमशमशेर, फत्तेशमशेरले श्री ३ महाराजको ओहदाबाट खोसी डाँडो कटाउने षड्यन्त्र गरे तथा चन्द्रशमशेर श्री ३ महाराज बने । यसरी इतिहासको यो मार्मिक घटना पनि दरबार स्कूलको पुरस्कार वितरणसित गाँसिन आएको छ ।

सं. १९६०-६२ सालतिर शुक्रराज जोशी (शहीद) ले पनि यस स्कूलमा पढिरहेका थिए । सं. १९६२ सालमा उनी कक्षा पाँचमा पढिरहेको बेला उनलाई बाबु माधवराज जेल परेकाले जात पतित भयो भन्ने आधारमा तत्कालीन प्रधान-अध्यापक बटेकृष्ण-मित्रले स्कूलबाट निष्काशित गरे ।

सं. १९६८ सालताका विद्यार्थीहरुको संख्या बढ्दै गएकोले स्कूलभवनमा कोठाहरु नपुग भई रानीपोखरीको उत्तरीछेउमा रहेको तत्कालीन श्रेस्ता पाठशालाको सरकारी भवनका केही कोठाहरुमा सेक्सन खोलिए । सं. १९८८-९ सालताका श्री ३ महाराज जुद्धशमशेरबाट यस स्कूलको क्याम्पाभित्र तर छुट्टै रहेको तत्कालीन मजलिश घर दरवार स्कूललाई प्रदान गरियो । सं. १९९२-३ सालताका स्कूल भवनसित मजलिश घर जोडेर बनाईयो ।

सं. १९९० सालको ठूलो भूकम्पमा यस भवनको छाना केही भाग विग्रेकोले त्यसको मरम्मत पूरा नभएसम्म सं. १९९०-९१ सालको शैक्षिक सत्रभरि यस स्कूलले त्रिचन्द्र कलेज, घण्टाघरको क्याम्पाभित्र गुजारा गर्नु परेको थियो । उक्त जीर्णोद्धारको सिलसिलामा यस भवनको टायल छाना झिकी कर्कटपाताको छाना हालियो तथा बीचको ढोका बन्द गरी उत्तरी र दक्षिणी पर्खालमा एक-एकवटा ढोका र भवनमा पनि एक-एकवटा भर्याङ्ग थपियो ।

यसैताका पढाइको माध्यम र परिक्षाको माध्यम पनि अंग्रेजीनै हुन्थ्यो सम्वत् १९८२ तिर कक्षामा अंग्रेजी First Book of Read र हिसाब सिकाईन्थ्यो । जाँच भने मौखिक लिईन्थ्यो । कक्षा ५ देखि लिखित परीक्षा हुन्थ्यो । त्यसबेला अरु मुलुककोर् इतिहास, भूगोल, अँग्रजी व्याकरण, रचना अनुवादित अंगे्रजी किताव, नेपाली, संस्कृत पर्ढाईन्थ्यो । नेपाली बाहेक प्रश्नपत्र अंग्रजीमा आउँथ्यो । जवाफ पनि अंग्रजी मै दिनु पर्दथ्यो । वाषिर्क र अर्धवाषिक २ वटा परिक्षा हुन्थ्यो । सवै विषयमा पास हुने विद्यार्थी माथिलो कक्षामा जान्थे । १९६३ साल देखि धार्मिक शिक्षापनि पढाउन थालियो ।

१९९० सालमा पछि खेलकुदको व्यवस्था भएको हो । कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई खेलकुदमा  शरिक गराउन  आदित्य, सोम, मंगल बुध वृहस्पति र शुक्र मण्डलमा विभाजन गरी खेलकुद गर्राईन्थ्यो । फूटवल, भलिवल, बास्केटबल, आदी खेलाईन्थ्यो ।

दरबार स्कुलमा भर्ना हुन चाहने विद्यार्थीहरुलाई वर्षो ९ मुरी धान र महिनाको ५ रुपैयाँ भत्ता समेत दिईन्थ्यो । विद्यार्थीहरुलाई फागु खेल्न, केहि खर्च र दिउँसो खाजा खुवाउन गुठीको समेत व्यवस्था भएको थियो । सोही गुठीको रकमबाट पाठ्यपुस्तक किनिदिने पनि गरिएको थियो ।

१९९१ सालमा देशमा पहिलोपल्ट आयोजना गरिएको फुटबल लीगमा पनि दरबार स्कूल र त्रिचन्द्र कलेजका विद्यार्थीहरुको संयुक्त टीम सहभागी बनेको तथ्य यहाँ उल्लेख हुन्छ । सं. १९८९ सालमा पनि यस स्कूलमा तत्कालीन श्री ३ महाराज जुद्धशमशेरको उपस्थितिमा पुरस्कार वितरण समारोह धुमधामसित मनाइएको थियो । यसै सालदेखि गंगालाल श्रेष्ठ (शहीद) यहीँ पढी यसै स्कूलबाट सं. १९९४ सालको एस. एल. सी. परीक्षा प्रथम श्रेणीमा दोस्रो स्थान प्राप्त गरेका थिए । त्यसै साल केही महिना अगाडि दरबार स्कूलको भवन अर्न्तर्गत पहिलेको मजलिश घरको ठूलो हलमा आयोजित पुरस्कार वितरणोत्सवमा कोलम्बसको प्रथम ऐतिहासिक समुद्रीयात्राको अन्तिम दृश्यको अंग्रेजीभाषामा मञ्चन गरिएको थियो जसमा कोलम्बसको पाठ कक्षा १० का विद्यार्थी गंगालालले नै खेलेका थिए । समुद्रबाट पृथ्वीको परिक्रमा गर्न सकिन्छ भन्ने महत्वकांक्षा राख्ने साहसिला कोलम्बसलाई इ. १४९२ सालमा एटलान्टिक महासागरको अथाह, अनकन्टार जलराशिमा दुइ महिना सम्म रातदिन तर्दै अगाडि बढ्दा पनि मञ्जिलमा नपुगी आजित भै विद्रोह गर्न लागेका उनका सहयोगी नाविकहरुले एक दिन बेलुका "हामीहरु यहीँबाट स्पेन फर्केर जान्छौं, मान्दैनौ भने तिमीलाई यहीँ मार्छों " भन्दै लछारपछार गर्न थाले । त्यस्तो अप्ठ्यारो संकटपूर्ण क्षणमा पनि धीर, वीर, साहसी कोलम्बसले आफूमाथि हातपात गर्न लागेका अनुयायीहरुलाई साम्य पारिरहेको अभिनय गंगालालले गर्नुपरेको थियो । गोरो, बाटुलो अनुहार घुँडामुनिसम्म छोपेको शेरमानी लगाएको गंगालाल हुबहु कोलम्बस जस्तै देखिएका थिए । उनीहरुको झगडा नटुङ्गिदै केही पर लहरै धेरै बत्ती बलिरहेको उज्यालो देखिन्छ, अनि सबैजना खुशीले "ल्याण्ड, ल्याण्ड" भन्दै कराउँदै उफन लाग्छन्, र पर्दा र्झछ ।

सं. १९९५ साल श्रावण २४ गते दरबार स्कूल र त्रिचन्द्र कलेजको पुरस्कार वितरण समारोह संयुक्त रुपमा जुद्धसडकमा नयाँ निर्मित सभागृहमा आयोजना गरियो । यो समारोह पनि श्री ३ जुद्ध शमशेरकै उपस्थितिमा सम्पन्न भएको थियो । "अहो ! भाग्य हाम्रो, यही पुण्यभूमि" शिर्षकको विद्यार्थीहरुले गाएको स्वागतगान बाट प्रारम्भ गरिएको उक्त समारोहको बढी उल्लेखनीय पक्ष श्री ३ महाराजबाट रोचक सम्बोधन भाषण दिईनु, विशिष्ट विद्यार्थीहरुलाई उनले आफ्नै हातले पुरस्कार प्रदान गर्नु, विद्यार्थीहरुबाट शेक्स्पियरको "द मर्चन्ट अफ् भेनिस्"ट्ट को ट्रायल सीन खेलिनु इत्यादी थिए । उक्त सम्बोधन भाषणबाट तत्कालीन राणासरकारको शिक्षानीति, दरवार स्कूलको पूर्वइतिहास, देशको तत्कालीन शैक्षिक स्थिति आदिमा राम्रो प्रकाश परेको छ । त्यसमा उल्लिखत कतिपय कुराहरु अहिले ऐतिहासिक रुपले खूब घतलाग्दो छ । सं. २०१० साल मार्गमा यस दरबार स्कूलको शतवाषिर्की समारोह पनि धुमधामसँग मनाइएको थियो । त्यस उपलक्ष्यमा सं. १९९५ सालदेखिका बाँकी पुरस्कारहरु पनि प्रदान गरिएका थिए ।माथि

वर्तमानकाल

यस विद्यालयले आफ्नो भवनमा विभिन्न समयमा विभिन्न शैक्षिक संस्थाहरुलाई आश्रय दिई आएको थियो । जसमा नेशनल कलेज (शंकर देव कलेज), त्रिभूवन प्रौढ शिक्षा निकेटन, विश्व भाषा क्याम्पस, आदर्श विद्यापिठ, नेपाली शिक्षा परिषद । यसले गर्दा पनि यस विद्यालयको इज्जत, गौरव, प्रतिष्ठा झन वढी भएको महशुस हुन्छ । सँस्कृत मा. वि. हालसम्मपनियसैभवनमासञ्चालनहुँदैआएकोछ।

२०१८ सालदेखि प्राईमरी कक्षा ५ हर्टाई ६ देखि १० कक्षा सम्म पर्ढाईन्थ्यो । सोही साल देखि निम्न आर्थिक अवस्था भएका छात्रहरुलाई दिईदै आएको खाजा पनि दिन वन्द गरियो ।

२०३० सालमा काठमाण्डौमा पनि राष्टिय शिक्षा योजना लागु भयो र यस विद्यालय सह शिक्षालय भई छात्राहरुले पनि पढ्न पाउने व्यवस्था भयो । यसै वर्षेखि कक्षा १ देखि १० सम्म पर्ढाई सञ्चालन हुन थाल्यो ।

एक शताब्दीभन्दा बढी समयदेखि विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको यस स्कूललाई सं. २०३० "दरबार स्कूललाई दिईएको सम्पूर्ण सरकारी खर्च अब उप्रान्त नयाँ शिक्षा योजना अर्न्तर्गत बन्द गरिनेछ र यो स्कूल पनि अरु गैर सरकारी स्कूलहरु सरह चलाउनु पर्नेछ "। भन्ने सरकारी सुचना प्राप्त भयो । विद्यार्थीहरुसँग शुल्क लिइयो र आफ्नै खुट्टामा उभ्याइयो । संचालक समिति गठन गरियो । २०३१ साल पश्चात सक्रियतापूर्वक अतिरिक्त क्रियाकलाप अर्न्तर्गत विभिन्न खेलकूद, सांस्कृतिक, साहित्यिक गतिविधिहरुमा विद्यार्थीहरुलाई सहभागी गराइयो । समय समयमा विद्यार्थीहरुलाई ऐतिहासिक, सांस्कृतिक र औद्योगिक क्षेत्रमा शैक्षिक भ्रमण तथा दृष्यावलोकन गराइयो । फेरि यहाँका विद्यार्थीहरुलाई स्काउटिङ्ग र जुनियर रेडक्रसमा पनि सामेल गराइयो ।

वैशाख ५ गते स्कूलको जन्मजयन्ती समारोह मनाइन्छ । वाषिर्क प्रतिवेदनको प्रस्तुतीकरण, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम आदि गरिन्छ । यस विद्यालयको शिक्षक विद्यार्थीहरुको लागि पनि रानीपोखरी घण्टाघर छेउको पहेँलो घरमा सञ्चालित डिस्पेन्सरीमा ०३२ साल सम्म निशुल्क उपचारको व्यवस्था थियो । २०४२ सालमा पर्ढाई राखेको वखतमा कक्षा १० को कोठाको तला भत्केर खसी छात्रछात्राहरु साधारण र्घाईते हुन गएकोले विद्यालय भवनको तत्काल मर्मत गर्नु पर्ने आवश्यकता देखिएकोले सरकारी अनुदानबाट भित्री भागको दुवै तला र दुवै कोशी ढलान गरी यसको मर्मत सम्भार गरियो । माथि हल र कोठाहरु निर्माण गरिए ।

अधिराज्यकै र्सवप्रथम स्थापित हाई स्कूल हुनु यस स्कूलको एउटा विशेषता हो । यसैले देशको शैक्षिक इतिहासमा यसको अग्रणी स्थान छ । यस स्कूलमा प्रारम्भिक अवधिमा पढ्ने विद्यार्थीहरु तत्कालीन शासक राणापरिवारका मात्र भएको नाताले यसका कतिपय विद्यार्थीहरु पछि आ-आफ्ना समयमा "श्री ३ महाराज" जस्तो देश र जनताको तत्कालीन भाग्य निर्णायक ओहदामा आसीन रहे । यस सर्न्दर्भमा वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेरका नाउँ उल्लेखनीय छन् । राणा श्री ३ महाराजहरु बाहेक सं. २००७ सालको परिवर्तनपछि प्रधानमन्त्री भएका व्यक्तिहरुमध्ये ज्येष्ठ राजनीतिज्ञ एवं नेपाल क्रान्तिका अग्रदूत - टंकप्रसाद आचार्य पनि यसै स्कूलका उपज विद्यार्थी थिए । सं. २००७ सालको परिवर्तनपछि मन्त्री जस्ता पदमा मात्र होइन अन्य उच्च पदहरुमा पनि यसै स्कूलका भूतपूर्व विद्यार्थीहरु थुप्रै देखिएकै छन् । संक्षेपमा यस स्कूलबाट उत्पादित विद्यार्थीहरुले उहिलेदेखि अहिलेसम्म पनि राष्ट्रको उत्थान वा विकासका विविध क्षेत्रहरुमा के कति योगदान गरिसकेका छन् भनेर पूरापूरा लेखाजोखा गर्न नसकिए पनि उनीहरुको योगदान अनुपम र अतुलनीय भैसकेको छ भन्नु अत्युक्ति नहोला ।

यस बाहेक प्रजातन्त्रको संस्थापनार्थ पहलकदमी गर्नामा ज्यानको आहुति दिने कतिपय देशभक्तहरुले यसै स्कूलमा पढेका थिए (उदाहरणार्थ शुक्रराज, गंगालाल, बलबहादुर पाण्डे, चिनियालाल सिंह, थीरबम मल्ल जस्ता शहीद एवं टंकप्रसाद जस्ता अग्रगण्य क्रान्तिकारीहरु । छोटो समयको लागि भएपनि गणेशमानसिंहले पनि यहाँ पढेका थिए ।

शैक्षिक स्तर र उपलब्धिको कुरा गर्ने हो भने पनि यस स्कूलको आफ्नो समयको देन - संख्यात्मकमात्र होईन गुणात्मकरुपले पनि श्रेयपूर्ण भएकै  छ । एस.एल.सी. परीक्षा प्रारम्भ भएको समय सं. १९९० सालमा देशभर थुप्रै हाइस्कूलहरु भैसकेतापनि त्यस सालदेखि सं. २००४ सालसम्म पनि "बोर्ड फष्ट" हुने विद्यार्थीहरु अचुक तवरले यस दरबार स्कूलकै भएका थिए ।

अन्त्यमा यस स्कूललाई आजको उन्नत स्थितिमा पुर्याउन प्रारम्भिक कालदेखि विशेषरुपले लगनशील भएका धीरशमशेर, श्री ३ वीरशमशेर, श्री ३ जुद्धशमशेर, शिक्षा विभागका निर्देशकहरु, समय समयमा कार्यभार सम्हालेका प्रधान-अध्यापकहरु ( केन्निङ्ग, ड्रमण्ड, केदारनाथ चर्टर्जी, जदुनाथ मजमदार, बटेकृष्ण मैत्री, शारदाप्रसाद मुखर्जी, रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, अमरेन्द्रनाथ, तुलसी प्रसाद ढुङ्गाना, (का.मु.) तिर्थप्रसाद प्रधान, चन्द्रदेव ओझा, इन्द्रप्रसाद काफ्ले ,पूर्णरत्न शाक्य, मुकुन्दपाणि गौतम, सुवर्ण शाक्य, मेघराज खड्का, रामराज कुँवर शिक्षकहरु, संचालक समितिका अध्यक्ष र सदस्यहरु, अभिभावकहरु, एस.एल.सी. परीक्षामा उत्कृष्ट परिणाम निकालेर र अन्य क्षेत्रमा प्रसंशनीय सेवा गरेर स्कूलको गौरव बढाउने विद्यार्थीहरु योगदान र सद्भावनाको सम्झना पनि यस स्कूलले सदैव कृतज्ञताका साथ गर्दै आएको र गरिनैरहनेछ ।

संक्षेपमा देशको अग्रणी शिक्षणसंस्थाको रुपमा यस स्कूलले र्सवसाधारण जनतामा शिक्षा प्रचार गर्नमा - विशेष गरी त्यसको माध्यमद्धारा त्यस अन्धकारयुगमा नवयुवकहरुमा समसामयिक जागरण ल्याउनामा खेलेको भूमिका, अविस्मरणीय छ । जे होस् दरबार स्कूलको त्यो गौरवमय देन देशको शैक्षिक इतिहासमा,सदैव अक्षुण्ण रहनेछ ।

आजको परिवर्तित, खुला, प्रतियोगितात्मक, प्रजातान्त्रिक परिस्थिति अर्न्तर्गत यस स्कूललाई अरु सहयोगी स्कूलहरुले भौतिक सम्पन्नतामा, संख्यात्मक वृद्धिमा वा अन्यान्य प्रगतिमा उछिनेका होलान् पनि तर आफ्नो अतीतको गौरवमा आँच आउन नदिइ अरु स्कूलहरुसित काँधमा काँध मिलाई शिक्षितका साथसाथै अनुशासित, चरित्रवान्, चिन्तनशील युवापिंढी उत्पादन गर्नामा यो स्कूल सदैव लगनशील रहनेछ जसले "शिक्षा भनेको आफ्नो निमित्तमात्र हासिल गरेको होइन मातृभूमिको बेहत्तरी निमित्त पनि हो भन्ने सम्झिउन् " एवं देश र जनताको समयोचित उत्थान गर्नेतिर तत्पर रहुन् - यही यस स्कूलको शुभकामना छ ।माथि 

 
 
 
 
 
             

 

Contact :

Durbar High School (Bhanu Ma. Vi.)

Ranipokhari, Kathmandu, Nepal

Hello : 977 4249890

email : info@durbarschool.edu.np

Developed/Hosted by

Global Electronic Media Service & ITechFix Inc. Canada

email :bharats@gems-tech.net