इतिहास
           

सरदार रुद्रराज पाण्डे

पहिल नेपाली हेडमाष्टर

दरबार स्कूल सन् १९००

 

-सरदार भीम वहादुर पाण्डे

   

बुढा हेडमाष्टर शारदा प्रसाद मुखर्जीलाई भर्खरका रुद्रराज पाण्डेले बदले । १९८३ तिरको कुरा हो र त्यस बखत म दरबार स्कुलको आठौँ श्रेणीमा पढ्दथेँ । पुराना हेडमास्टरले क्लासै पिच्छे चिन्हाउन ल्याएको अस्ति जस्तो लाग्दछ । त्यस बखत दरबार स्कूलको उमेर ७२ वर्षपुगेको थियो र रुद्रराज त्यसमा र्सवप्रथम नेपाली हेडमाष्टर भएथे ।

नेपाली नैँ दरवार स्कूलका हेड माष्टर भएकोमा त्यसमा पढ्ने विद्यार्थीहरु दङ्गदास हुनु त स्वाभाविकै कुरा थियो । हाल साविकको लगत्तै नयाँ हेडमाष्टरले स्कूलमा नयाँ वातावरण ल्याएको हामीले अनुभव गर्न थाल्यौँ । गुरुहरु पनि घण्टी बज्नासाथ क्लासमा पसि अर्को घण्टी नलाग्दा सम्म एकनासले नित्य पढाउने चलन बस्यो । त्यस अघि गुरुहरु दिग्गज रोलवाला राणाका दरवारमा पनि पढाउने हुँदा हेडमास्टलाई उस्तो टेर्दैनथे ।

रुद्रराज पाण्डे हेडास्टरलाई दरवार स्कूलको प्रशासन र अध्यन दुवैले नयाँ मोड लिए भने हुन्छ । गुरु चेला दुवै थरी बढि व्यवस्थित र अनुशासित भए । थप दरवार स्कुलका लड्कालाई आफ्ना नयाा हेडमाष्टर देखि प्रसन्न पर्ने अर्को कारण पर्‍यो । उनी हेडमाष्टर भएपछि त्रि-चन्द्र कलेजका पा्रध्यापकहरु द्यरवार स्कूलका उपल्ला कक्षामा पढाउन आउने स्थिति बस्यो । स्कूलमा पढ्ने विद्यार्थी कलेजमा पढाउने पा्रध्यापकसँग पढ्न पाउँदा आफ्नो मान बढेको जस्तो खुशीको साथै शिक्षाको स्तर बढेको पनि अनुभव गरे । फलतः श्री रुद्रराज हेडमास्टर भएको एकाद वर्षभित्रै दरवार स्कूलका विद्यार्थी श्री राम प्रसाद मानन्धर पटना विश्वविद्यालयको म्याटि्रकुलेसन जाँचमा पहिला भए । यो थियो जेहेन्दार विद्यार्थी स्कूलमा सृुचारु रुपले पढ्न पाउने तरीका पनि थपिदैँ गए ।

राणा शिरोमणि श्री ३ चन्द्र शम्शेरको आखिरकाल तिर दरवार स्कूलमा हेडमास्टर भएका रुद्रराजलाई श्री ३ भीम जस्ता कट्टर शिक्षा विरोधी प्रधानमन्त्रीलाई धेरै काल व्यहोर्न परेन । त्यस ैताका शिक्षा विभागका तालुक वाला भएका मे. ज. मृगन्द्र र स्कूलमा नेपाली शिक्षाको स्तर बढाउने उद्देश्ले पढाउन आएका बालकृष्ण शम्शेर ज. व. रा. ले स्कूलमा नयाँ वातावरण ल्याउनको साथै १९८१ सालमा पधानमन्त्री भएका श्री ३ जुद्ध शम्शेरले शुरुमा शिक्षा प्रति नरम नीति अपनाउलान् जस्तो लक्षण दर्शाए । नेपालमा पनि शिक्षा बढाउन पर्दछ कि भन्ने यी तीन राणाजीको सकारात्मक भावनाले हेडमाष्टर रुद्रराज पाण्डेले पुरा फाइदा उठाए शिक्षा क्षेत्रमा ।

श्री ३ देव शम्शेरको काण्ड पछि -दरवार स्कूलमा पा्रइज वितरण गरी दरवार फर्केका प्रधानमन्त्रीलाई नेपालमा शिक्षाको विकास गर्न खोज्यो भन्ने वात लगाएर उनका भईहरुले १९५८ सालमा धनकुटा निष्कासन गरे) दरवार स्कूलमा पाईला हाल्न राणा प्रधानमन्त्रीहरु हृच्केका थिए । मेज मृगेन्द्र शम्शेर, मेक वालकृष्ण शम्शेर र हेडमास्टर रुद्रराज संयुक्त प्रयासबाट श्री ३ जुद्धले १९८९सालमा दरवार स्कूलमा विद्यार्थीलाई पुरस्कार दिन आयोजित भव्य समारोहमा स्वयम् सरिक भई जाँचमा पहिला देस्रा हुने जिद्यार्थीलाई डबल र पातलो असर्फी बकस दिए । महत्व थियो असर्फीको भन्दा पनि प्रधानमन्त्री समारोहमा सरिक भएकोमा ।

दरवार स्कूलमा नेपाली भाषालई अगि बढाउन हेडमाष्टर रुद्रराजले मे. क. वालकृष्ण शम्शेरलाई अगुवा बनाएथे । १९९० साल सम्म पनि नेपालमा सारा नाचगान हिन्दी र उर्दु भाषामा हुन्थयो । मे. क. वलकृष्ण शम्शेर लिखित "मुकुन्द इन्दिरा " भन्ने नाटक नेपाली भाषामा दरवार स्कूलका विद्यार्थीले मजलिस घरमा मन्चन गरको हर्ेन प्रधानमन्त्री स्वयं सरिक भए । सो नाच अति लेकप्रिय भएन । त्यसै बेला देखि नेपालमा नेपाली भाषामा नाच्ने गाउने शुरु भयो । नाचगान विकासको साथै हेडमाष्टर रुद्रराजले "रुपमति" भन्ने सामाजिक उपन्यास पुरा गरेर दरवार स्कूलमा सालिन्दा निवन्ध प्रतियोगिता गर्राई पहिलो हुनेलाई तक्मा दिने चलन पनि बसाले । यी सव कामले नेपाली भाषालाई निकै अघि बढाए ।

यसरी शिक्षको विकास गर्ने धुनमा लागेका हेडमाष्टर रुद्रराज विस्तारै कदर हुदै गयो । समयान्तरमा उनी त्रिचन्द्र प्रिन्सिपल, सरदार मात्र भएनन् । नेपालमा आधारभूत शिक्षाको चाँडो विमास गर्नुपर्छ भन्ने उनमो सही कुराको सुनाइ पनि भयो । राणकालको आखिर दिन तिर नेपालमा पनि विश्वविद्यालय खोल्न भन्ने सुझावकार सरदार रुद्रराज ठूला र्समर्थक थिए । २००७ साल पनि सरदार रुद्ररज शिक्षा सचिव, शिक्षा कमिसनका अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका उप-कुलपति भएका कुरा र्सव विदितै छ ।

राणा कालमा शिक्षा र साणा व्यवस्था विराला जस्ता मति अमिल्दा तत्व थिए । १९७५ सालमा त्रि-चन्द्र कलेज उद्घाटन गरी सिंहदरवार फर्केका श्री ३महाराज चन्द्र शम्शेरले "आज मैँले मेरो खुट्टामा आफैँले बन्चरोे चलाए" भनी पश्चाताप गरेथे अरे । सन् १९८७मा मी.डेनीयल राइटले अफ्नो "हिष्ट्री अफ नेपाल" भन्ने पुस्तकमा त्जभ कगदवभअत या कअजययकि ७ अयििबनभक ष्ल ल्भउब mिबथ दभ तचभबतभम बक दचष्भाथि बक तजबत या कबलपभक ष्ल क्ष्चभबिलम। त्जभचभ बचभ लयलभ भनी लेखेका छ । त्यस पछि पनि २००७ सालतक नेपालमा शिक्षाको कुनै विकास हुन नसकेको कुराको प्रतक्ष साक्षी छ नेमालको इतिहास ।
आम शिक्षाका चौतर्फी विकास नभै राष्ट्रको विकास हुन्न र शिक्षामा एक भन्दा बढि खर्च व्यहोर्न नहिचकिचाउने सरकारको जवानामा मानिसको लागि राणकालको आखिर तीन दशकमा भएको त्यो थोर वहुत शिक्षा विकास अवश्य पनि नगण्य जानिउला ।तर शिक्षा विकास प्रति सरकारको त्यस्तो वक्रखदृष्टि भएको वेलामा पनि राणा ताजुक वाला र प्रधानमन्त्रीलाई हात लिई नेपालमा जे जति शिक्षाको विकास सरदार पाण्डे र उनका समकालीन नेपालीले गरे, गराए त्यो अवस्य पनि उल्लेखनीय छ ।

शिक्षा विकास प्रति सरदार रुद्रराजले पाण्डेको जस्तो जोश थियो भने उनको स्मरण शक्ति र जाँगर पनि कम सह्रनीय थिएन । हिंडेरै उनी स्कूल, कलेज, तालुकवाला दरवार, सिंहदरवार र पढाउनलाई एकाद दरवारमा भ्याउदथे । उनले स्कूल कलेजमा भारत, बृटेन युरोपको इतिहास पढाउँदा नोट सम्म पनि हुँदैनथ्यो । सव मुखाकार थियो । उनको पर्ढाई रहर लाग्दो मात्र थिएन, उनले पढाएको सिति मिति बिसिर्ँर्दैनथ्यो ।

सरदार रुद्रराजको स्मरण शक्ति त अपारकै थियो भने हुन्छ । राणाकालमा विश्वविद्यालयबाट पास भएका विद्यार्थ्र्ाीहरुलाई मुख्तियार र श्री ३ महाराजका जुनाफमा दर्शन गराउने र दाम रखाउने चलन थियो । कुन लड्का कुन डिभिजनमा अथवा कति प्रतिशत विद्यार्थी जाँचमा पास भए पनि सोधिनको बदला, राणा प्रधानमन्त्री कसको भाई पास भयो भनी जान्न बुझन सोध्ने चलन हँुदा हेडमासटर रुद्रराजले पास हुने सवै विद्यार्थीलाई दर्शन भेट गराउँदा लडाकाको तीन पुस्ते हैन, आवश्यक परेमा लडकाको पारिवाकि यतिहास पनि परर भनी दिन्थे कत्ति नवराइकन ।
रुद्रराज, प्रिन्सिपल, सरदार, सचिव , उप-उपकुलपति भएपछि पनि नेपालका बुढा पाकाले ममता पर्ूवक हेडमास्टर भन्दथे, उनी हेडमाष्टर हुने पहिला नेपाली भएका दरवार स्कुलको धेरै वर्षसम्म शानसँग हेडमाष्टर चलाएका र उनी हेडमास्टर छँदा देखि नजानिंदो किसिपमले शिक्षाले जग नेपालमा बस्ला बस्ला जस्तो लक्षण देखा परेकाले नेपालमा शिक्षाको बिउ रोप्नेहरुमा पछि सम्म पनि सरदार रुद्रराज अग्रपंक्ति मैँ गनिनेछन् । त्यसमा केही सन्देह छैन ।

 

व्यवस्थापन समिति

‌‌‌‌.............२०३० साल भन्दा अगाडि विद्यालय सञ्चालनार्थ त्यस्तो कुनै इकाइको व्यवस्था गरिएको थिएन जसले विद्यालयको हितलाइ ध्यान दिनसकोस् ...........

 

 

भौतिक संरचना

हाल ललितकला क्याम्पस भवन रहेको जग्गा र भवन समेत यसै विद्यालयको थियो जहाँ चित्रकला सिकाउने कक्षा सञ्चालन हुन्थ्यो । पूर्व, दक्षिण र उत्तर तर्फहालको सडकको आधाभन्दा परसम्म यसैका जमीन थियो ।

   
 
 
 
 
             

 

Contact :

Durbar High School (Bhanu Ma. Vi.)

email : info@durbarschool.edu.np, bharats@gems-tech.net

Developed/Hosted by

Global Electronic Media Service & ITechFix Inc. Canada

email :bharats@gems-tech.net